Home Bibles ☰ Books उपदेशक 12:4 · नेपाली बाइबल
उपदेशक 12:4 · नेपाली बाइबल

तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।

Cross references

2 शमूएल 19:35

म 80 वर्षको मानिस हूँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?

अय्यूब 41:14

कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।

यर्मिया 25:10

म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।

प्रकाश 18:22

वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।

Interlinear

Choose Theme