Home Bibles यशैया 24:8 · नेपाली बाइबल
यशैया 24:8 · नेपाली बाइबल

मानिसहरूले आफ्नो र्हष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगीतहरू समाप्त भए।

Cross references

अय्यूब 3:7

त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

भजनसंग्रह 137:2

हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।

यशैया 5:12

तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।

यशैया 23:15

मानिसहरूले सत्तरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।

यर्मिया 7:34

म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

यर्मिया 16:9

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

यर्मिया 25:10

म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।

इजकिएल 26:13

यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।

होशे 2:11

म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु।

आमोस 6:7

यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाकोअन्तहुनेछन्।

प्रकाश 18:22

वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।

Interlinear

Choose Theme