Home Bibles भजनसंग्रह 85:13 · नेपाली बाइबल
भजनसंग्रह 85:13 · नेपाली बाइबल

धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

Cross references

लेवी 26:4

यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

भजनसंग्रह 72:2

आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।

भजनसंग्रह 89:14

धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।

भजनसंग्रह 119:35

हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु।

यशैया 58:8

यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!

यर्मिया 31:14

म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।

इजकिएल 36:30

म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ।

मत्ती 20:27

यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ।

यूहन्ना 13:14

तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।

यूहन्ना 13:34

“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।

2 कोरिन्थी 3:18

हाम्रो अनुहार ढाकिएको छैन्। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन झन महिमा ल्याउँछ।

गलाती 2:20

यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

एफिसी 5:1

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर।

फिलिप्पी 2:5

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।

हिब्रू 12:1

हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।

1 पत्रुस 2:18

दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।

1 पत्रुस 4:1

जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरुले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।

1 यूहन्ना 2:6

यदि कुनै व्यक्तिले उ परमेश्वरमा बाँच्न चाहन्छ भने उ येशू बाँचे झैं बाँच्नु पर्छ।

Interlinear

Choose Theme