Home Bibles प्रकाश 12:5 · नेपाली बाइबल
प्रकाश 12:5 · नेपाली बाइबल

त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छढीद्वारा सम्पूर्ण राष्ट्रहरुमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।

Cross references

भजनसंग्रह 2:9

तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”

यशैया 7:14

तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ उसको छोरोको नाउँ इम्मानुएलराखिनेछ।

यर्मिया 31:22

हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?” “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”

मीका 5:3

यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्।

मत्ती 1:25

तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।

मर्कूस 16:19

यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।

2 कोरिन्थी 12:2

म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौदह र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीष्ठ्वरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ।

प्रकाश 2:26

“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु

प्रकाश 11:12

तब ती अगमवक्ताहरुले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊँ।” अनि ती दुई अगमवक्ताहरु बादलमा माथि स्वर्ग गए। तिनीहरुका शत्रुहरुले तिनीहरुलाई माथि गएको देखे।

प्रकाश 12:2

ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।

प्रकाश 19:15

घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।

Interlinear

Choose Theme