यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्।
Cross references
यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”
तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँचो हो।
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
“एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्।
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
परमप्रभु भन्नुहुन्छ “आनन्दित हौ अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ।
“यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।
“हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ।
तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।
‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।
अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
तिमीहरुले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन। अनि फेरि तिमी भोको हुनेछौ। तिमीले मानिसहरुलाई बचाउने कोसिस गर्छौ तर तिमीले जसलाई बचाउँछौ म त्यसलाई तरवारले काटिदिनेछु।
पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।
म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
“तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।
अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”
“यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्
त्यसपछि स्वर्गमा एक आशर्च्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मूनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो।