Home Bibles ☰ Books भजनसंग्रह 92:4 · नेपाली बाइबल
भजनसंग्रह 92:4 · नेपाली बाइबल

हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

Cross references

भजनसंग्रह 8:6

तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।

भजनसंग्रह 33:2

वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।

भजनसंग्रह 64:10

एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ। ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ, तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।

भजनसंग्रह 90:16

तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन् जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।

भजनसंग्रह 104:31

परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।

भजनसंग्रह 104:34

भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।

भजनसंग्रह 106:47

हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।

भजनसंग्रह 126:3

हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

भजनसंग्रह 143:5

तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!

भजनसंग्रह 145:6

हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।

यशैया 61:2

परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दुखी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।

यशैया 65:13

यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।

यशैया 66:10

हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।

Interlinear

Choose Theme