परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू तपाईंको लागि बजाउनु असल कुरा हो।
Cross references
त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।
दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।
दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।
लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।
हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।
तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।
अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।
राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।
परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु, “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो? शत्रुको क्रूरताको कारणले गर्दा? त्यस्तो उदासीनता मैले किन खप्नु?”
हे मेरो प्राण जाग! वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर! प्रभात फेरि लगाऊ।
आगाडि गायकहरू हिंडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिड्दैछन्। तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।
संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर।