Home Bibles भजनसंग्रह 89:9 · नेपाली बाइबल
भजनसंग्रह 89:9 · नेपाली बाइबल

उर्लंदो समुद्रमाथि तपाईंले नै राज्‍य गर्नुहुन्‍छ, जब त्‍यसका छालहरू उठ्‌छन्‌, तपाईंले नै तिनलाई शान्‍त गराउनुहुन्‍छ।

Cross references

अय्यूब 38:8

अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?

भजनसंग्रह 29:10

जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।

भजनसंग्रह 65:7

परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।

भजनसंग्रह 66:5

परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

भजनसंग्रह 107:25

परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।

भजनसंग्रह 113:5

कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।

यशैया 11:5

यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।

यर्मिया 32:18

हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।

नहूम 1:4

परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।

मत्ती 8:24

जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।

मत्ती 14:32

जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो।

मर्कूस 4:39

तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।

मर्कूस 4:41

चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”

Interlinear

Choose Theme