म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
Cross references
तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हटू्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन।
परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु।
परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ, उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भनी कसैलाई पठाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।
मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।
हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।