Home Bibles भजनसंग्रह 78:64 · नेपाली बाइबल
भजनसंग्रह 78:64 · नेपाली बाइबल

पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।

Cross references

1 शमूएल 2:33

तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुञ्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ।

1 शमूएल 4:11

पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।

1 शमूएल 4:17

बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”

1 शमूएल 4:19

एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्।

1 शमूएल 4:21

तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।

1 शमूएल 4:22

तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।

1 शमूएल 22:18

यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।

अय्यूब 27:15

उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।

इजकिएल 24:23

तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ।

Interlinear

Choose Theme