Home Bibles ☰ Books इजकिएल 24:23 · नेपाली बाइबल
इजकिएल 24:23 · नेपाली बाइबल

तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ।

Cross references

लेवी 26:39

यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।त्

अय्यूब 27:15

उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।

भजनसंग्रह 78:64

पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।

यशैया 59:11

हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।

इजकिएल 4:17

किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।

इजकिएल 33:10

“यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’

Interlinear

Choose Theme