Home Bibles ☰ Books 1 शमूएल 22:18 · नेपाली बाइबल
1 शमूएल 22:18 · नेपाली बाइबल

यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे।

Cross references

प्रस्थान 28:40

हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्।

1 शमूएल 2:18

तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।

1 शमूएल 2:28

इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।

1 शमूएल 2:30

“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।

1 शमूएल 2:33

तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुञ्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ।

1 शमूएल 2:36

त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”‘

1 शमूएल 3:12

मैले एली र त्यसको परिवारको विरूद्धमा जे जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।

2 इतिहास 24:21

तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।

हितोपदेश 24:15

एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।

होशे 5:11

एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।

होशे 7:3

तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।

मीका 6:16

यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”

सपन्याह 3:3

यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

प्रेरित 26:10

अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।

Interlinear

Choose Theme