Home Bibles भजनसंग्रह 78:6 · नेपाली बाइबल
भजनसंग्रह 78:6 · नेपाली बाइबल

अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।

Cross references

प्रस्थान 10:2

अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”

व्यवस्था 4:10

होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’

यहोशू 22:24

अहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ।

एस्तर 9:28

यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुई दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुई विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्।

भजनसंग्रह 22:31

प्रत्येक मानिसहरुले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

भजनसंग्रह 48:13

अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

भजनसंग्रह 71:18

अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।

भजनसंग्रह 90:16

तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन् जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।

भजनसंग्रह 102:18

यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।

भजनसंग्रह 145:4

परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।

योएल 1:3

तिमीहरुका छोरा-छोरीहरुलाईयो कुरा बताऊ, अनी तिम्रो छोरा-छोरीहरुले उनीहरुका छोरा-छोरीहरुलाई बताउँने छन्। तिमीहरुको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।

Interlinear

Choose Theme