Home Bibles भजनसंग्रह 102:18 · नेपाली बाइबल
भजनसंग्रह 102:18 · नेपाली बाइबल

यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।

Cross references

प्रस्थान 17:14

तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”

व्यवस्था 31:19

“यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।

अय्यूब 19:23

म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।

भजनसंग्रह 22:30

अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्।

भजनसंग्रह 45:16

राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्। तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।

भजनसंग्रह 48:13

अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

भजनसंग्रह 69:34

स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्। समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।

भजनसंग्रह 71:18

अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।

भजनसंग्रह 78:4

अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।

यशैया 43:7

ती सबै मानिसहरू देऊ जो मेरा हुन - मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”

यशैया 43:21

ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।

यशैया 65:17

“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।

दानियल 9:2

दाराको राज्य कालको पहिले वर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुननिर्माण कति वर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिला को यरूशलेम फेरि बनाउन, सत्तरी वर्ष लाग्नेछ।

यूहन्ना 20:31

तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं

रोमी 15:4

बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।

1 कोरिन्थी 10:11

तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।

2 कोरिन्थी 5:17

यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।

एफिसी 2:10

हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।

2 तिमोथी 3:16

सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।

1 पत्रुस 2:9

तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

2 पत्रुस 1:15

म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।

Interlinear

Choose Theme