Home Bibles ☰ Books मत्ती 13:14 · नेपाली बाइबल
मत्ती 13:14 · नेपाली बाइबल

यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो।‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।

Cross references

यशैया 6:9

तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’

इजकिएल 12:2

“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्।

मर्कूस 4:12

किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”

लूका 8:10

येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणःतिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्।

यूहन्ना 12:39

यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,

प्रेरित 28:25

तिनीहरूमा र्तक भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,

रोमी 11:8

जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”

2 कोरिन्थी 3:14

तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।

Interlinear

Choose Theme