Home Bibles ☰ Books अय्यूब 31:16 · नेपाली बाइबल
अय्यूब 31:16 · नेपाली बाइबल

गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।

Cross references

लेवी 25:35

“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।

व्यवस्था 15:7

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।

व्यवस्था 28:32

“तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

अय्यूब 5:16

यसकारण गरीब मानिसहरूले आशा गर्छन। उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ।

अय्यूब 20:19

किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।

अय्यूब 22:7

हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।

भजनसंग्रह 69:3

तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,

भजनसंग्रह 112:9

त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।

भजनसंग्रह 119:82

मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन् परमप्रभु, कहिले मलाई सान्त्वना दिनुहुन्छ?

भजनसंग्रह 119:123

हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके।

हितोपदेश 22:22

गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

यशैया 10:2

ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।

यशैया 38:14

म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”

Interlinear

Choose Theme