तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
Cross references
पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए।
पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।
घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।
हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।
अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।
पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।
तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो।
मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।
यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।
राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।
“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”
भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”
धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,