2 इतिहास 9:14 · नेपाली बाइबल
घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।
Cross references
भजनसंग्रह 68:29
राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।
भजनसंग्रह 68:30
तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ। ती मानिसहरूको जस्ता “साँढेका बथानलाई” तिमीले अनुशरण गर्ने बनाऊ। तिनीहरूले आज्ञा मान्दछन्। तिमीले ती जातिहरूलाई युद्धमा हरायौ। अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
भजनसंग्रह 72:10
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।