Home Bibles 2 इतिहास 14:1 · नेपाली बाइबल
2 इतिहास 14:1 · नेपाली बाइबल

अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।

Cross references

यहोशू 23:1

परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै वर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए।

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 14:31

रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

1 राजा 15:8

जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

1 राजा 15:9

इस्राएलमा यारोबाम राजा भएको बिसौं वर्षमा आसा यहूदाका राजा भए।

1 राजा 15:11

आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।

1 इतिहास 3:10

सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

2 इतिहास 9:31

त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

2 इतिहास 21:12

योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः “परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे।

2 इतिहास 31:20

यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

मत्ती 1:7

सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।

Interlinear

Choose Theme