Home Bibles ☰ Books रोमी 15:10 · नेपाली बाइबल
रोमी 15:10 · नेपाली बाइबल

धर्मशास्त्रले यसो पनि भन्छः“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”

Cross references

व्यवस्था 32:43

सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”

भजनसंग्रह 66:1

हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!

भजनसंग्रह 67:3

हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।

भजनसंग्रह 68:32

हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ! हाम्रो स्वामीको स्तुति-गान गर!

भजनसंग्रह 97:1

परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो। सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।

भजनसंग्रह 98:3

परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।

भजनसंग्रह 138:4

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।

यशैया 24:14

छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।

यशैया 42:10

परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!

Interlinear

Choose Theme