यशैया 63:13 · नेपाली बाइबल
परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
Cross references
भजनसंग्रह 105:37
त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
भजनसंग्रह 106:9
परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
यर्मिया 31:9
तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
हबकूक 3:15
तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।