Home Bibles ☰ Books भजनसंग्रह 65:1 · नेपाली बाइबल
भजनसंग्रह 65:1 · नेपाली बाइबल

सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।

Cross references

1 इतिहास 11:7

तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।

1 इतिहास 15:29

जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।

1 इतिहास 16:41

हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

भजनसंग्रह 21:13

हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौ।

भजनसंग्रह 56:12

हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।

भजनसंग्रह 62:1

मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ। मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।

भजनसंग्रह 76:2

शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।

भजनसंग्रह 76:11

हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।

भजनसंग्रह 78:68

अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।

भजनसंग्रह 115:1

हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।

भजनसंग्रह 116:17

म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।

प्रकाश 14:1

त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। उ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

Interlinear

Choose Theme