मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”
Cross references
यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफुले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस् अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
“बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती उ लुटेका वस्तुहरू भाग लगाउँछ।”
“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
छःवटा सिंढीहरुमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।
सिंहासनमा छःवटा सिंक्रहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।
ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्। तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?
अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।
सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।