त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।
Cross references
जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे।
ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।
हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।
मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखी । तिनीहरू जहाँ येशूको टाउँकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।