Home Bibles ☰ Books भजनसंग्रह 50:11 · नेपाली बाइबल
भजनसंग्रह 50:11 · नेपाली बाइबल

उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।

Cross references

उत्पत्ति 1:20

तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।

अय्यूब 38:41

जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?

अय्यूब 39:13

शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन। यसको पंखेटाहरू र प्वाँखहरू सारसको जस्तो हुँदैन।

अय्यूब 39:26

अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?

भजनसंग्रह 104:12

जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्। तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।

भजनसंग्रह 147:9

परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।

यशैया 56:9

जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्।

इजकिएल 14:15

परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।

मत्ती 6:26

आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहाँ छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।

मत्ती 10:29

“चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।

लूका 12:24

चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।

Interlinear

Choose Theme