Home Bibles ☰ Books मत्ती 6:26 · नेपाली बाइबल
मत्ती 6:26 · नेपाली बाइबल

आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहाँ छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।

Cross references

उत्पत्ति 1:29

“म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।

उत्पत्ति 6:21

अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरुका निम्ति भोजन हुनेछ।”

अय्यूब 35:11

परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?

अय्यूब 38:41

जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?

भजनसंग्रह 104:11

नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो अनि यहाँसम्म कि जंङ्गली गधाहरु पनि यहाँ पानी पिउन आउँछन्।

भजनसंग्रह 104:27

परमेश्वर, ती सारा चीजहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।

भजनसंग्रह 145:15

परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।

भजनसंग्रह 147:9

परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।

मत्ती 6:32

परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।

मत्ती 7:9

तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अहँ।

मत्ती 10:29

“चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।

लूका 12:6

“पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।

लूका 12:24

चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।

Interlinear

Choose Theme