Home Bibles इजकिएल 14:15 · नेपाली बाइबल
इजकिएल 14:15 · नेपाली बाइबल

परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।

Cross references

लेवी 26:22

म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

1 राजा 20:36

यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।

2 राजा 17:25

जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।

यशैया 51:19

कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।

यर्मिया 15:3

म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

इजकिएल 5:17

मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”

Interlinear

Choose Theme