परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं। हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
Cross references
दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।
परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।
इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँकेजस्तै व्यवहार गरे।
ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।
मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ।
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।
ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिडन अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”
कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सँधै आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्रता, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ।