मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ।
Cross references
तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
“हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
दुष्ट मानिसहरू “कुकुरहरू” झैं हुन्, जो मेरो चारैतिर छन्। तिनीहरूले मलाई पासोमा पारे। तिनीहरूले मेरा खुट्टा र हातहरू सिहंजस्तै नै चिथोरेका छन्।
मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।
धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।
दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ।