Home Bibles ☰ Books भजनसंग्रह 69:7 · नेपाली बाइबल
भजनसंग्रह 69:7 · नेपाली बाइबल

मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु।

Cross references

भजनसंग्रह 22:6

यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।

भजनसंग्रह 44:15

म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।

भजनसंग्रह 44:22

हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!हामी मार्न लगिएका भेडा जस्तै छौं।

यशैया 50:6

मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।

यशैया 53:3

मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

यर्मिया 15:15

हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?

मत्ती 26:67

त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए।

मत्ती 27:29

तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहुदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।”

मत्ती 27:38

येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्डयाईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्डयाईएको थिए।

लूका 23:11

तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।

लूका 23:35

मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?

यूहन्ना 15:21

मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो।

हिब्रू 12:2

हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

Interlinear

Choose Theme