Home Bibles ☰ Books 1 शमूएल 14:27 · नेपाली बाइबल
1 शमूएल 14:27 · नेपाली बाइबल

तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।

Cross references

1 शमूएल 14:29

जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ।

1 शमूएल 14:43

शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।”जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”

1 शमूएल 30:12

तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।

हितोपदेश 24:13

हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।

हितोपदेश 25:26

यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो।

Interlinear

Choose Theme