Home Bibles ☰ Books अय्यूब 8:20 · नेपाली बाइबल
अय्यूब 8:20 · नेपाली बाइबल

परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।

Cross references

अय्यूब 4:7

अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।

अय्यूब 9:22

म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’

अय्यूब 21:30

जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।

भजनसंग्रह 34:17

परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।

भजनसंग्रह 37:24

यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।

भजनसंग्रह 37:37

शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।

भजनसंग्रह 94:14

परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न उहाँले तिनीहरूलाई सहयोग दिन छोडनुहुन्न।

हितोपदेश 10:9

ईमानदार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।

यशैया 45:1

आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ।“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”

Interlinear

Choose Theme