Home Bibles उत्पत्ति 6:12 · नेपाली बाइबल
उत्पत्ति 6:12 · नेपाली बाइबल

परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरुले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

Cross references

उत्पत्ति 6:4

यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।

उत्पत्ति 6:8

तर न्‌हले परमप्रभुलाई खुशी तुल्याए।

उत्पत्ति 7:1

त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरुमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।

उत्पत्ति 7:21

पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरु घरेलु पशुहरु, र जंङ्गली पशुहरु,

उत्पत्ति 9:12

अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरु र तिमीहरुसित भएका प्राणीहरुसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरुका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैं रही रहनेछ।

उत्पत्ति 9:16

जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैं सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरु बिचमा भएको करार सम्झना गर्नेछु।”

उत्पत्ति 18:20

तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।

उत्पत्ति 18:21

म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”

अय्यूब 22:15

अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।

अय्यूब 33:27

तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

भजनसंग्रह 14:1

मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

भजनसंग्रह 14:2

परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।

भजनसंग्रह 14:3

तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्।

भजनसंग्रह 33:13

परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।

भजनसंग्रह 53:2

त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्!

हितोपदेश 15:3

परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

लूका 3:6

सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘

1 पत्रुस 3:19

अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरुलाई शिक्षा दिनु जानुभयो।

2 पत्रुस 2:5

अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।

Interlinear

Choose Theme