राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे
Cross references
केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।
मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।
हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।
त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।
“परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्।
अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”
यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”
दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना “उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिञ्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्न। तिनीहरूले विधुवाको जस्तै जीवन बिताए।
“हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्मथ हुने छौ।