पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
Cross references
तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।
तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।
जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ।
फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।
महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किन? किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो। तपाई शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
तर तपाईं गहिरो समुद्रमा तपाईंको आफ्नै घोडाबाट माटोलाई घोल्दै तर्नुभयो।
यसकारण उनले भने, “यो ती दुई मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”