Home Bibles भजनसंग्रह 88:2 · नेपाली बाइबल
भजनसंग्रह 88:2 · नेपाली बाइबल

मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।

Cross references

1 राजा 8:31

“यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु।

भजनसंग्रह 22:3

हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।

भजनसंग्रह 31:2

हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।

भजनसंग्रह 79:11

कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।

भजनसंग्रह 86:3

मेरो स्वामी, ममाथि दया गर्नुहोस्। म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।

भजनसंग्रह 119:147

तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।

भजनसंग्रह 141:1

हे परमप्रभु, मैले तपाईंलाई गुहार माँगेर प्रार्थना गरिरहेको बेला मलाई सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्।

विलाप 3:8

मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।

Interlinear

Choose Theme