पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।
Cross references
परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।”परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।
परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्।
यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘
म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।