पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।
Cross references
“प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।
बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो।
तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे।
तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।हारूनका सन्तानहरू
अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।
यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे।