Home Bibles ☰ Books भजनसंग्रह 136:9 · नेपाली बाइबल
भजनसंग्रह 136:9 · नेपाली बाइबल

परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Cross references

उत्पत्ति 1:16

यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।

अय्यूब 31:26

मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।

भजनसंग्रह 8:3

हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।

भजनसंग्रह 8:4

किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?

भजनसंग्रह 74:16

हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

यर्मिया 31:35

परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”

Interlinear

Choose Theme