Home Bibles ☰ Books उत्पत्ति 1:16 · नेपाली बाइबल
उत्पत्ति 1:16 · नेपाली बाइबल

यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।

Cross references

व्यवस्था 4:19

अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।

यहोशू 10:12

त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः“हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”

अय्यूब 31:26

मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।

अय्यूब 38:7

जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।

भजनसंग्रह 8:3

हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।

भजनसंग्रह 19:6

घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

भजनसंग्रह 74:16

हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।

भजनसंग्रह 136:7

परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

भजनसंग्रह 136:9

परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

भजनसंग्रह 148:3

हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।

भजनसंग्रह 148:5

परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।

यशैया 13:10

आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

यशैया 24:23

परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ अनि घाम लज्जित हुनेछ।

यशैया 40:26

माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”

Interlinear

Choose Theme