दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
Cross references
यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।