परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।
Cross references
परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”
त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।
इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”
तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं, अनि उहाँको हामी सदा-सर्वदा प्रशंसा गर्छौं। परमप्रभुको प्रशंसा गर!
दानियलले भने“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ।
मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।
तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें“उहाँ एक, जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा सर्वदा रहून्।”