Home Bibles भजनसंग्रह 113:1 · नेपाली बाइबल
भजनसंग्रह 113:1 · नेपाली बाइबल

परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर।

Cross references

भजनसंग्रह 33:1

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।

भजनसंग्रह 34:22

जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

भजनसंग्रह 69:36

उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

भजनसंग्रह 112:1

परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।

भजनसंग्रह 134:1

परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।

भजनसंग्रह 135:1

परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर!

भजनसंग्रह 135:20

हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 145:10

परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।

एफिसी 5:19

आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।

प्रकाश 19:5

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”

Interlinear

Choose Theme