Home Bibles भजनसंग्रह 110:1 · नेपाली बाइबल
भजनसंग्रह 110:1 · नेपाली बाइबल

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

Cross references

1 इतिहास 28:2

राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।

भजनसंग्रह 2:6

अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।

भजनसंग्रह 8:1

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।

भजनसंग्रह 8:6

तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।

भजनसंग्रह 45:6

हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ। धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।

भजनसंग्रह 109:20

भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ। भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।

जकरिया 6:13

हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

मत्ती 22:42

“ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

मत्ती 26:64

येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”

मर्कूस 12:35

येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्?

मर्कूस 16:19

यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।

लूका 20:42

भजनको पुस्तकमा, दाऊद आफै भन्छन् ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ तिमी मेरो दाहिने हातपट्टि बस,

लूका 22:41

तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,

प्रेरित 2:34

दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने त10र्फ बस,

1 कोरिन्थी 15:25

जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ।

एफिसी 1:20

त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।

कलस्सी 3:1

जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ।

हिब्रू 1:3

पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

हिब्रू 1:13

अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”

हिब्रू 8:1

हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।

हिब्रू 10:12

तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।

हिब्रू 12:2

हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

1 पत्रुस 3:22

अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।

Interlinear

Choose Theme