Home Bibles 1 कोरिन्थी 1:23 · नेपाली बाइबल
1 कोरिन्थी 1:23 · नेपाली बाइबल

तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो।

Cross references

यशैया 8:14

यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ।

मत्ती 11:6

यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’

मत्ती 13:57

यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”

लूका 2:34

त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।

लूका 24:46

उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।

यूहन्ना 6:53

येशूले भन्नुभयो, “म साँचो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ।

प्रेरित 7:32

परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमश्वर, याकूबका परमेश्वर हुँ।’मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।

प्रेरित 10:39

हामीले उहाँले यहूदीया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे।

रोमी 9:32

किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।

1 कोरिन्थी 1:18

नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।

1 कोरिन्थी 1:28

अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गरयो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो।

1 कोरिन्थी 2:2

जतिञ्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए।

1 कोरिन्थी 2:14

जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।

2 कोरिन्थी 4:5

हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।

गलाती 3:1

हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ।

गलाती 5:11

मेरा दाज्यु-भाईहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।

गलाती 6:14

म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।

एफिसी 3:8

परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ।

1 पत्रुस 2:8

जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।”

Interlinear

Choose Theme