Home Bibles ☰ Books यशैया 61:8 · नेपाली बाइबल
यशैया 61:8 · नेपाली बाइबल

यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।

Cross references

उत्पत्ति 17:7

म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।

1 शमूएल 15:21

गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”

2 शमूएल 23:5

परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।

भजनसंग्रह 11:7

तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।

भजनसंग्रह 25:8

परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।

भजनसंग्रह 32:8

परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।

भजनसंग्रह 33:5

परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।

भजनसंग्रह 37:28

परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।

भजनसंग्रह 45:7

तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथिराज गर्न चुन्नुहुन्छ।

भजनसंग्रह 50:5

परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

भजनसंग्रह 99:4

शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।

हितोपदेश 3:6

तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

Interlinear

Choose Theme