दुष्ट मानिसहरू शिकारी जस्तै हुन्छन्, तिनीहरू अँध्यारोमा लुक्छन्। तिनीहरू धनुको डोरीलाई तान्दछन् र आफ्ना काँडहरू ताकेर धार्मिक र ईमानदार मानिसहरूका मुटुमा प्रहार गर्दछन्।
Cross references
शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”
शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”
परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो तिनीहरूलाई जस्तै दासहरू शिर झुकाएर बस्ने पार्नु भयो।
हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताख्दछन्।
एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ। ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ, तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।