परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
Cross references
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ।
यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। तपाईंले मलाई महान् बनाउनु भयो।
उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”
परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
साँच्चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्।
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।
हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।
कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।