त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी।
Cross references
त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।
ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।
एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।-18-
“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ। वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
“माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
“ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ।
“तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ।
पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।