Home Bibles हितोपदेश 6:22 · नेपाली बाइबल
हितोपदेश 6:22 · नेपाली बाइबल

जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

Cross references

भजनसंग्रह 3:6

मेरो वरिपरि हजारौं सिपाहीहरू हुनष्ठ्व सक्लान्, तर म ती शत्रुहरूदेखि डराउने छैन!

भजनसंग्रह 17:4

मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।

भजनसंग्रह 43:3

हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।

भजनसंग्रह 119:9

तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?

भजनसंग्रह 119:11

मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।

भजनसंग्रह 119:24

तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।

भजनसंग्रह 119:54

मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्।

भजनसंग्रह 119:97

हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।

भजनसंग्रह 119:148

तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु।

हितोपदेश 2:11

ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।

हितोपदेश 3:23

त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।

दानियल 11:18

“यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ।

Interlinear

Choose Theme